श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !
काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ) मा बसोबास गर्ने पूर्व सुरक्षाकर्मीहरु (नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, केन्द्रीय अनुसन्धान विभाग, भारतीय गोर्खा, ब्रिटिस गोर्खा र सिंगापुर प्रहरी)को बृहद भेलाले श्री बिक्रम पाण्डे ज्युको नेतृत्वमा २७ सदस्सीय नगर परिषद् गठन सम्पन्न गरेको छ।
पूर्व सुरक्षाकर्मी परिषद् नेपालले अधिराज्यभर संगठन विस्तारको क्रमलाई तिब्रता दिएको र चाँडै नै उपत्यकाका बाँकी नगरपालिका र देशका अन्य भागमा समेत स्थानिय परिषद् गठन गरिसक्ने कुरा कार्यक्रममा जानकारी गराइएको थियो।
कार्यक्रममा परिषद्का केन्द्रिय अध्यक्ष श्री कोमल बहादुर राउत (केबी) लगायत केन्द्रिय पदाधिकारीज्युहरु, जिल्ला संयोजकज्युहरु, नगर संयोजकज्युहरु साथै, सुरक्षा व्यवस्थाको लागि नेपाल प्रहरीको सुरक्षा टोलीको समेत उपस्थिति थियो।
नगर परिषद् गठनको लागि विशेष योगदान दिनुहुने केन्द्रिय परिषद् सदस्य श्री काशीराम अधिकारी ज्यु, श्री मान श्रेष्ठ ज्यु नगर संयोजक श्री बिक्रम पाण्डे ज्यु, लगायत विभिन्न जिम्मेवारीमा रही आजको कार्यक्रम सफल बनाउन लागीपर्नु भएका सम्पूर्ण आदरणिय महानुभावहरुमा हार्दिक धन्यवाद एवम कृतज्ञता व्यक्त गर्दछु।

नगर परिषद् र नगर सल्लाहकार परिषद्मा निर्वाचित सम्पूर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक बधाइ एवम कार्यकाल सफलताको शुभकामना ।
चन्द्रागिरी नगर परिषद
अध्यक्ष श्री बिक्रम पाण्डे
उपाध्यक्ष श्री दिनेश राई
उपाध्यक्ष श्री डाक बहादुर बस्नेत
सचिव श्री शुब्बा थपलिया
सह सचिव श्री रेशम भण्डारी
कोषाध्यक्ष श्री लेखराज श्रेष्ठ
सदस्य श्री बालाजी खाती क्षत्री
सदस्य श्री हिमाल केशवराज पण्डित
सदस्य श्री कृष्ण प्रसाद पन्त
सदस्य श्री तारा बहादुर खत्री (वडा नं १)
सदस्य श्री सरिता पौडेल (वडा नं २)
सदस्य श्री लाल बहादुर नगरकोटी (वडा नं ३)
सदस्य श्री प्रकाश चन्द्र ढकाल (वडा नं ४)
सदस्य श्री टोप बहादुर जिराम (वडा नं ५)
सदस्य श्री श्याम अधिकारी (वडा नं ६)
सदस्य श्री पर्बत सिंह तामाङ्ग (वडा नं ७)
सदस्य श्री बलिन्द्र थापा (वडा नं ८)
सदस्य श्री जयन्त के शी (वडा नं ९)
सदस्य श्री खिल बहादुर के शी (वडा नं १०)
सदस्य श्री प्रेम प्रसाद धरेल (वडा नं ११)
सदस्य श्री रूप कुमार श्रेष्ठ (वडा नं १२)
सदस्य श्री ऋृतुदेब बुढाथोकी (वडा नं १३)
सदस्य श्री गोपाल अधिकारी (वडा नं १४)
सदस्य श्री हरी पन्त (वडा नं १५)
सदस्य श्री राममाया पौडेल
सदस्य श्री राममाया अधिकारी
नगर सल्लाहकार परिषद्
श्री पुण्य बहादुर खड्का
श्री लाल बहादुर भुजेल
श्री बिरेन्द्र पनेरू
श्री हिरामणी अधिकारी
श्री लक्ष्मी प्रसाद अधिकारी
पुन, बधाइ एवम शुभकामना।