संस्था दर्ता हुंदाको बखतका तदर्थ समितिका पदाधिकारीहरू, पूर्व सुरक्षाकर्मी फाउण्डेशन र परिषद्को अभियानमा सहभागी महानुभावहरु संस्थाका संस्थापक सदस्य हुनेछन् । यस्ता सदस्यले संस्थापक सदस्य शुल्क वापत रु.२५,०००।- बुझाउनु पर्नेछ । यस्ता सदस्यहरु संस्थाको आजीवन सस्थापक हुनेछन् ।