काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्राप्त भएको छ। नगर क्षेत्रमा बसोबास गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, ब्रिटिश गोर्खा, भारतिय गोर्खा र सिंगापुर प्रहरीबाट अवकास प्राप्त सुरक्षाकर्मीहरुको बृहद भेलाले प्रेमसिंह कार्कीको अध्यक्षतामा १५ सदस्सीय नगर परिषद् र ४ सदस्सीय सल्लाहकार समितिको गठन सम्पन्न गरेको छ। परिषद्का केन्द्रिय सदस्य तथा सुदुर पश्चिम प्रदेश संयोजक श्री मदनसिंह धामीको प्रमूख आतिथ्यतामा सम्पन्न भएको यस भेलाको सभापतित्व श्री बलदेव भट्टले गर्नुभएको थियो।
नगर परिषद् मा मनोनित पदाधिकारीज्युहरु साथै सल्लाहकार समितिमा चयन हुनु भइ नेपाल राष्ट्रको सानमान कायम राख्न मन बचन र कर्मले लागि पर्नुभएका देशभक्त सपूतहरु सबैलाई हार्दिक बधाइ एवम सफलताको शुभकामना !
मनाेनित पदाधिकारीहरु
अध्यक्ष - प्रेमसिंह कार्की
उपाध्यक्ष - हजारी ठगुन्ना
महासचिव - राम बहादुर खडायत
सचिव - तारादत्त पन्त
कोषाध्यक्ष - ललित बहादुर चन्द
सह कोषाध्यक्ष - कृष्ण बहादुर थापा
सदस्य - ओम प्रकाश बोहरा
सदस्य - मिनराज भट्ट
सदस्य - धर्मानन्द जोशी
सदस्य - जित बहादुर डगौरा
सदस्य - हरि सिंह ऐरी
सदस्य - बल बहादुर चुतारा
सदस्य - नरेन्द्र सिंह कार्की
सदस्य - अर्जुन सिंह धामी
सदस्य - भुपेन्द्र सिंह भण्डारी
सल्लाहकार समिति
कर्ण बहादुर चन्द
कृष्ण बहादुर चन्द
गोरख सिंह महता
बलदेव भट्ट
पुन: हार्दिक बधाइ!