ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षाकर्मीज्युहरू, सहिद परिवार, सुरक्षा निकायका विशिष्ठ पदाधिकारीज्युहरू, महालक्ष्मी नगरपालिका ललितपुरमा बसोबास गर्नुहुने सम्पूर्ण निकायका (नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, भारतिय गोर्खा, ब्रिटिस गोर्खा, र सिंगापुर प्रहरी) का पूर्व सुरक्षाकर्मीज्युहरू यहाँहरूकाे जेाश जाँगर र सहभागीतामा सम्पन्न कार्यक्रम भव्य, सभ्य र गाैरव गर्न लायक भएकाे छ । जेष्ठ नागरिककाे सम्मानले, समाजका सबै तह र तप्कामा उच्च गुणस्तरकाे पारिवारिक जिवन पद्धतिकाे अाभाष र अनुभूति प्रदर्शित गरेकाे छ। साथै, सपथग्रहण कार्यक्रमले नव निर्वाचित पदाधिकारीज्यूहरूलाइ थप उर्जाशिल बनाएकाे छ।
अागामी दिनमा गठन हुने नगर परिषद्का कार्यक्रमहरूमा, अाजकाे याे समाराेह उदाहरणिय बन्नेछ।
कार्यक्रममा अाफ्नाे महत्वपूर्ण मन्तव्य, विचार एवम परिषद्काे अभियान सफल बनाउन सल्लाह सुझाव दिनुहुने सम्पूर्ण निकायकाे प्रतिनिधित्व गर्नुहुने अादरणिय वक्ताज्युहरूमा हार्दिक धन्यवाद एवम कृतज्ञता व्यक्त गर्दछु। यहाँहरूकाे सुझावलाइ सिराेधार्य गरेर नेपाल राष्ट्काे उन्नती, प्रगती र भलाइका लागि जिवन पर्यन्त लागि पर्ने विश्वास दिलाउन चाहान्छाै।
अाजकाे यस कार्यक्रमलाइ सुव्यवस्थित रूपमा सम्पन्न गराउन मन, बचन र कर्मले विभिन्न जिम्मेवारीकाे तहमा लागि पर्नुभएका पूर्व सुरक्षाकर्मी परिषद् नेपाल र महालक्ष्मी नगरवासी सम्पूर्ण अादरणिय पूर्व सुरक्षाकर्मीज्यूहरूमा हार्दिक नमन एवम अाभार व्यक्त गर्दछु। विशेषगरी, महालक्ष्मी नगरमा बसाेबास गर्नुहुने
पूर्व सुरक्षाकर्मी विच समन्वय गरी एक अर्कामा सुमधुर सम्बन्ध स्थापित गराइ नगरपरिषद् गठनमा विशेष याेगदान दिनुहुने परिषद्का केन्द्रिय उपाध्यक्ष तथा स्कुलिङ्ग विभाग प्रमुख श्री Sudan Singh Basnet, कार्यक्रम संचालक, परिषद्का केन्द्रिय सदस्य श्री Ram Thapa, कार्यक्रम सफल बनाउन हरतरहले सहयाेग गर्नुहुने श्री Bishu Magar , लगायत संयाेजन र कार्य व्यवस्थापन समितिमा रही कार्य गर्नुहुने सम्पुर्ण पदाधिकारीज्युहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
धन्यवाद।