सबै राजनितिक दलहरुलाई राष्ट्रघाती MCC पास नगर्नकाे लागि ध्यानाकर्षणका साथै अन्य गतिविधिहरु

एमसीसी देशहितमा नभएको र बहु–विवादित भइसकेकाले खारेज गर्नुपर्ने जिकिर गर्दै परिषद्ले भनेको छ,‘एमसीसी असमान छ, संवैधानिक प्रतिवद्धता विपरित नेपालले स्वतन्त्ररुपमा आयोजना छनौट गर्न पाउने भए एमसीसी सन्तुष्टि हुनेगरी भारतको सहमति लिनुपर्ने भनी सम्झौतामा किन लेखिएको ?’ आयोजना पुर्ण अनुदान हो भने एमसीसीलाई नेपालले १३ करोड डलर अनुदान दिने भनी किन उल्लेख गरेको भन्दै प्रश्न गरिएकोे छ,‘ प्रधानमन्त्रीले नेपाली जनतालाई किन ढाँटेको ?’

नेपाली सेनाका पूर्वसहायकरथी डा.प्रेमसिंह बस्न्यातले एमसीसीलाई आत्मघाती बमको संज्ञा दिए । उनले भने,‘आत्मघाती बम हो भनि जान्दा जान्दै पनि गोल हान्नेहरुलाई नेपाली विन लादेनको संज्ञा दिनुपर्छ ।’ उनले एमसीसी पास गरेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सबै नेपालीले कारवाही गर्ने चेतावनी दिए । उनले भने,‘एमसीसी पास गर्नेहरुलाई नेपाली जनताले कारबाही गर्नेछन् त्यसमा शेरबहादुर देउवा पनि पर्नेछन् ।’ नेपालमा भएका सबै आन्दोलन र घटनालाई स्वीकार गर्न सकेपनि अब एमसीसी सम्झौता गरेमा नेपालीले देउवाको यो शैलीलाई स्वीकार गर्न नसक्ने चेतावनी दिए ।

​


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रदिप ज्ञवालीले अमेरिकामा ८ वटा सम्झौता गरेर लुकाएको आरोप लगाए । झलनाथ खनालको पालामा बनेको एमसीसी छानबिन आयोगले पटक–पटक खोजी गर्दा ज्ञवालीले लुकाएको पनि उनले आरोप पनि लगाए । उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रघातीको संज्ञा दिए । ‘कांग्रेस त झन् राष्ट्रवादी हुँदै होइन् । नेपाली कांग्रेस नेपालीको भाग्य खोस्न आएको पार्टी हो । महाकाली बेचेको कांग्रेसले हो अहिले फेरी देश अमेरिकालाई बेच्दैछ ।’ उनले भने,‘आफुलाई बरु गोली हान्नुस् तर नेपालको माटो एक इन्च माटो पनि विदेशीले लान पाउँदैन् मेरो देशको । मेरो देशमा कुनै पनि शक्ति राष्ट्र आएर खेल्न पाउँदैन् ।’ पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेले नेपालको सस्कृति बचाएकोमा प्रंशसा गर्दै उनलाई धन्यवाद दिए । नेकपा (एमाले)का नेता भिम रावलले विषलाईविष र अमृतलाई अमृत भनिदिएको भन्दै उनले रावलको योगदानलाई नेपालीले कहिल्यै नबिर्सने बताए ।

परिषदका उपाध्यक्ष खगेन्द्र बस्नेतले अमेरिकाले एमसीसी अनुदान विश्वका ४९ देशलाई टार्गेट गरेको बताए । यसमध्येमा नेपाल पनि परेको भन्दै नेपाल यसको बारेमा २०१३ देखि जोडिएको उनले सुनाए । बस्नेतले एमसीसी सम्झौताको धारा ३ दफा ३ को ‘च’ मा सम्पुर्ण बौद्धिक सर्कलको सबै अधिकार अमेरिकालाई हुने भएको स्मरण गराए । उनले भने,‘यो सहायता दिएको हो की लिएको हो ?’




त्यस्तै, उनले धारा न ३ को दफा ३ को ८ ‘क’ मा उल्लेख गरिएको लेखा परीक्षण बुँदामा अमेरिकाले लेखापरीक्षण गर्न पाउने उल्लेख गरेकोमा आफुहरुको आपत्ति रहेको जनाए । बस्नेतले धारा न ५ को ‘क’ र ‘ख’ मा अमेरिकाले चाहेको खण्डमा जस्तोसुकै पनि सम्झौता रद्द गर्न सक्ने बुँदामा आपत्ति रहेको सुनाए । त्यसको बारेमा सम्बन्धित निकायमा आफ्नो खारेज गर्न माग गरेको उनले बताए । यो सम्झौता पास नर्गन सरकारलाई खबरदार र नेपाली जनतालाई सचेत गराउन आफूहरुले खोजेको उनले बताए ।





परिषदका केन्द्रीय सदस्य सुदन सिंह बस्नेतले एमसीसीले चर्चेका हाइड्रोइलेक्ट्रिसीटीका लाइन, ओभरहेड लाइन टावर निर्माण भएपनि त्यसको प्रयोग नेपालीहरुले गर्न नपाउने बताए । नेपालमै निर्माण भएपनि नेपालको सडक आफ्नो नुहने उनले तर्क गर्दै भने,‘सडकमा पनि अब ब्यरियर अमेरिकाले राखेर बढी कर लिन्छ । जो सँग पुँजी छ त्यसले मात्र त्यो बाटोको प्रयोग गर्न पाउछन् ।’ त्यसैगरी, उनले नेपालको झण्डा पनि जहाँतही राख्न नपाइने उनले जिकिर गरे । उनले एमसीसी कुनै पनि हालतमा नेपालको हितमा नभएको समेत बताए । एमसीसी सम्झौताको बुँदा न ४ मा भौगोलिक विविधतामा गरिएको व्याख्या अनुसार नेपालको झण्डा राख्न नपाइने उल्लेख गरे । उनले भने,‘ज–जसले यो सम्झौतामा हस्ताक्षर गरे तिनीहरु, ज–जसले यो सम्झौतामा सहयोग गरे ती सबै राष्ट्रघाती हुन् ।’



​


​

2022-02-08 22:28:15

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...