संरक्षक सदस्य हुन चाहने व्यक्तिले एकमुष्ठ रू.१,००,०००।– (एकलाख) बुझाई संरक्षक हुन सक्नेछन् । यस्ता संरक्षकहरुले संस्थामा विभिन्न कारणबाट समस्या भई संस्था संचालन हुन नसक्ने अवस्था आएमा संरक्षक सदस्यहरुको (७५ प्रतिशत) बहुमतद्धारा हाल रहेको कार्य समिति भंग गरि नयाँ कार्य समिति गठन गर्न सक्नेछन् ।