पुर्व सुरक्षाकर्मी परिषद् नेपालले राष्ट्निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्दै वार्षिक साधारण सभा र नगर परिषद गठन कार्य सम्पन्न

काठमाण्डौ, २७ पुस; पूर्व सुरक्षाकर्मी परिषद् नेपालले राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रम भव्यताका साथ मनाएको छ। नेपाल आमाको रक्षार्थ विरगती प्राप्त सपूतहरुमा श्रद्धासुमन व्यक्तगरी शुरु भएको कार्यक्रममा राष्ट्र निर्माताको तस्विरमा फूलमाला र अविर चढाउदै, उहाँका दिव्योपदेशहरु स्मरण गरिएको थियो। नेपालको भूगोल र भूराजनीतिक अवस्थितिको परिप्रेक्ष्यमा दिव्योपदेशहरु दूरदर्शी, सान्दर्भिक र उपयोगी रहेको मन्तव्य वक्ताहरुले राख्नुभएको थियो। यसै क्रममा पूर्व सेनापती महारथी रुकमाङ्गद कटवालले मातृभूमिप्रति आफ्नो कर्तव्य भूल्न नहुने भन्दै, गलत राजनीतिक अभ्यासको कारण जर्जर भएको देश बचाउन सबै अंगका सुरक्षाकर्मीहरु राष्ट्र रक्षाको लागि परिषद्मा एकताबद्ध हुन र आगामी दिनमा आइपर्ने चुनौती सामना गर्न तत्तर हुनुपर्ने विचार व्यक्त गर्नुभयो। नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक लब बिष्टले अहिलेका राजनीतिक दलहरुले पृथ्वीनारायण शाहलाई सम्मान गर्न कन्जुस्याइ गरेको भन्दै, उनीहरुलाई राष्ट्रपिताको योगदानको अवमूल्यन गर्ने अधिकार नभएको बताउनु भयो।


​

यसैगरी, भारतिय पूर्व सैनिक कल्याणकारी संघका अध्यक्ष डा.लक्ष्मीकान्त पाण्डेले साना साना संस्था खोलेर कसैको लगौटी नबनी, राष्ट्र र राष्ट्रियताको लागि सबैले निस्वार्थ सेवा गर्नुपर्ने भन्दै सुरक्षाकर्मी र परिवारका सदस्यहरु ३० लाखको हाराहारीमा भएकोले, यो शक्तिले चाहेमा देशको मुहार बदल्न सक्छ भन्नुभयो। ब्रिटिस सेनाका पूर्व इन्जिनियर बसन्त भूजेलले, नेपालको अस्तित्व बचाउन गुल्मीको रेशुङ्गाका शशिधर स्वामिजीले पृथ्वीनारायण शाहलाई १३ वर्षको उमेरमा नै राजकिय शिक्षा दिनुभएको र सोही अनुरुप नेपाल एकिकरणको अभियान अगाडी बढेको बताउँदै गोर्खालीको आत्मसम्मान र वलिदानी स्वभावलाई कसैले पनि दुरुपयोग र अपहेलना गर्न नहुने बताउनुभयो। मनोरोग विशेषज्ञ डा.निकोलस भुषालले प्रकृतीको वरदान प्राप्त यस पुण्यभूमिलाई स्वर्ग बनाउन र हरेक नेपालीको स्वास्थ्य सुरक्षाको लागि युवा अभियान यस परिषद्सँग मिलेर काम गर्न इच्छुक रहेको छ, भन्नुभयो। परिषद्का सदस्यद्वय, हेमशंकर गिरी र विक्रम पाण्डेले, सरकारको गैरजिम्मेवारीपन र मनपरीतन्त्रलाई टुलु टुलु हेरेर बस्न नसक्ने भन्दै, आवश्यक परे जस्तोसुकै कदम चाल्नपनि परिषद् तयार रहेको छ भन्नुभयो।
परिषद्का अध्यक्ष कोमल बहादुर राउतको सभापतित्व र पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको प्रमुख आतित्थ्यतामा संचालन भएको कार्यक्रमलाई सह संयोजक पुष्पाखर गौतमले स्वागत मन्तव्य दिनुभएको थियो।

​

दोस्रो सत्रमा, पूर्व सुरक्षाकर्मी परिषद्को साधारण सभा कार्यक्रम सम्पन्न भएको थियो। साधारण सभामा अध्यक्ष कोमल बहादुर राउतले परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो, भने कोषाध्यक्ष आनन्द सिंखडाले संस्थाको आय व्यय विबरण प्रस्तुत गर्नुभएको थियो। परिषद्ले विधानमा रहेको ११ सदस्यिय कार्यसमितिमा थपगरी ५५ जनाको केन्द्रिय कार्यसमिति बनाउने गरी विधान संशोधन गरेको छ। साधारण सभाले सर्वसम्मतीका साथ कोमल बहादुर राउतको अध्यक्षतामा ५५ सदस्यिय केन्द्रिय कार्यसमिति समेत चयन गरेको छ।
यसैगरी, आजै, शंकर पौडेलको अध्यक्षतामा कागेश्वरी मनोहरा नगरपरिषद् गठन कार्य पनि सम्पन्न भएको छ।
निर्वाचित सबै पदाधिकारीहरूलाइ हार्दिक बधाइ एवम शुभकामना।



थप अन्य समाचार

१. पूर्वसुरक्षाकर्मी परिषद नेपालले भव्यताका साथ मनायो ३०० औं पृथ्वी जयन्ती 

२. गलत राजनीतिक अभ्यासका कारण मुलुक जर्जर अवस्थामाः पूर्वप्रधानसेनापति कटवाल

३ देश बचाउन सबै अंगका सुरक्षाकर्मी एकताबद्ध हुन आवश्यकः कटवाल



2022-01-13 21:30:12

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...