प्रवास श्रम समन्वय सम्पर्क कार्यालयकाे समुद्घाटन सम्पन्न

काठमाण्डौ, ९ फागुन; पूर्व सुरक्षाकर्मी परिषद् नेपालले, वैदेशिक रोजगारमा जानचाहने पूर्व सुरक्षाकर्मीहरूको हकहितका तमाम सवालहरूलाइ सम्बोधन गरी विदेश यात्रालाइ सुनिश्चित र भरपर्दो बनाउन, प्रवास श्रम समन्वय सम्पर्क कार्यालय खोलेको छ। वैदिक सनातन विधिले पुजाकर्म गरी पानसमा बत्ती बालेर नेपाली सेनाका पूर्व सहायक रथी प्राध्यापक डा.श्री प्रेमसिंह बस्न्यातले कार्यालयको शुभारम्भ गर्नुभएको थियो। आय आर्जनको लागि विदेशिन बाध्य भएका तमाम नेपालीहरुले निर्धक्क भएर बैदेशिक रोजगारको यात्रा गर्न सकुन भनी वैदेशिक रोजगार सम्बन्धी संपूर्ण जानकारी दिने र श्रम कार्यालयसँग सम्बन्धित आवश्यक सवैखाले सेवा पुर्याउने उदेस्यले नेपाली सेनाबाट अवकास प्राप्त श्री शशी प्रकास हमालको संयोजकत्व रहनेगरी सेवा प्रवाह शुरु गरिएको छ।

प्रवास श्रम समन्वय सम्पर्क कार्यालय उदघाटन् समारोहमा पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रिय अध्यक्ष श्री के.वि.राउत, उपाध्यक्ष श्री पुष्पाखर गौतम लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो। वैदेशिक रोजगारमा जान इच्छुक पूर्व सुरक्षाकर्मी लगायत सवैलाई यस सम्पर्क कार्यालयबाट उच्च स्तरको सेवा प्रदान हुनेछ भन्ने पूर्ण विश्वास गर्दै, हार्दिक बधाइ एवम शुभकामना व्यक्त गर्दछौ।

सम्पर्क व्यक्ती Sashi Prakash Hamal, Mobile No: 9847822282
धन्यवाद।

2022-02-23 21:41:09

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...