सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को विधेयक संशोधन विषयक कार्यक्रम


राष्ट्रिय मानव अधिकार आयोगमा TRC ऐन संशोधन विधेयक विषयमा आयुक्तहरुसँग भेट, विचार विमर्श गर्दै हामी पूर्व सुरक्षाकर्मी परिषद नेपाल र द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारहरू २०७९/३/२८ गते राष्ट्रिय मानव अधिकार आयोगमा ।


​


द्वन्दकालीन घटनामा राज्यले ऐन बनाएर परिचालन गरेपछि मुलुक र नागरिक जाेगाउने डिउटी पूरा गरेका सुरक्षाकर्मीलाई अपराधी करार गरेर अर्काे एउटा बर्गलाई चाेख्याउने काम

नहाेस साथै सुरक्षाकर्मी तर्फका घाइते ,अपाङ्ग ,बिरगति तथा अमर प्रहरीका परिवार र एकल महिलालाई न्याय अनि उचित क्षतिपुर्ति र सम्मान मिल्ने काम हाेस भनी प्रतिनिधि सभा अन्तरगत कानुन समितिका सभापति माननीय श्री कृष्णभक्त पाेखरेललाई ध्यानाकर्षण गराउँदै । 


​


द्वन्दकालीन समयमा घटेकाे घटनाकाे सत्यनिरुपण मेलमिलाप आयाेग ऐन २०७१ तथा बेपत्ता पारिएको नागरिक खाेजविन ऐनहरुलाई संशाेधन गरि एउटा पक्ष वा वर्गलाई मात्र चाेख्याउने र राज्यले खटाएको डिउटी गरेका सेना प्रहरीलाई पिडक तथा हतियारधारी करार गरि गम्भीर मानवअधिकार उलंघनकर्ता बनाउने,हाम्रा घाइते ,अपाङ्ग,टुहुरा बालवालिका र एकल महिलाहरुलाई बेवास्ता अर्थात पक्षपात गरि बिधेयक पेश गर्न गठबन्धन दलहरुबिच सहमति भई अगाडि बढेकाे कारण यसकाे खबरदारी स्वरुप पुर्व सुरक्षाकर्मी परिषद नेपाल तथा घाइते ,अपांग र एकल महिलाहरुकाे संयुक्त टिमले यहि २६ गते आर्मी अफिसर्स क्लव सभामण्डवमा अन्तरक्रिया कार्यक्रम राखिएको साथै उक्त कार्यक्रममा माननीय कानुनमन्त्रि,४ वटै सुरक्षा अंगका प्रमुख,सम्बन्धित आयाेगहरुका पदाधिकारीज्युहरुलाई आमन्त्रण गरिएकोमा कार्यक्रम सुरु हुनुभन्दा ३० मिनेट अगाडि मन्त्रि लगायत सुरक्षा अंगका प्रमुखहरुले भाग नलिने जानकारी प्राप्त भएतापनि दाेस्राे तह तथा अधिकृत प्रतिनिहरुकाे साथै अवकाश प्राप्त उच्च पदस्थ अधिकारीज्युहरु,आयाेगका माननीय अध्यक्ष सदस्यज्युहरु,ठुलाेसंख्यामा घाइते ,अपाङ्ग,एकल महिला,पुर्वसुरक्षाकर्मीहरु सहित सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपश्चात पुन: हिजाे ३१ गते जंगी अड्डामा कानुन मन्त्रिज्युसंग सुरक्षा अंगका वहालवाला तथा अवकाश प्राप्त उच्चपदस्थ अधिकारीज्युहरुसंग छलफल पश्चात हामी खबरदारी समुह पुर्वसुरक्षाकर्मी परिषद नेपाल,घाइते ,अपाङ्ग पिडित तथा एकल महिला संगठनहरुका प्रमुख पदाधिकारीहरुलाई कानुन मन्त्रालयमा बाेलाउनु भएकोमा ३५ जनाकाे टिम मन्त्रालयमा उपस्थित भई लामाे छलफल गर्दै आफ्नाे धारणा बुझाएका छाैं । संघिय सरकारकाे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयकाे सम्पुर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछाै ।





आज पुन: कानुन मन्त्रालयमा:- हालकाे गठबन्धन सरकारले शसस्त्र द्वन्दकालीन घटनाहरुमा एउटा वर्ग वा पक्षलाई मात्र चाेख्याउने,आम माफी र क्षतिपुर्ति सहित सम्मान गर्ने र राज्यले तत्कालीन कानुन अनुसार शान्ति सुरक्षार्थ खटाएको सुरक्षाकर्मीलाई मात्र दाेषी करार गर्ने गरि बेपत्ता पारिएको ब्यक्तिकाे छानविन,सत्यनिरुपण तथा मेलमिलाप आयाेग ऐन २०७१ लाई संशाेधन गर्न बिधेयक दर्ता गर्न खाेजेपछि पुर्वसुरक्षाकर्मी परिषद नेपाल,सैनिक एकल महिला तथा घाइते ,अमर शसस्त्र प्रहरी परिवार तथा अशक्त घाइते परिवार तथा अशक्त अपाङ्ग भुपुसंघ सहितले कडा प्रतिराेध गर्दै असार २६ गते आर्मी अफिसर्स क्लवकाे सभामण्डवमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेपश्चात ३१ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्रिज्युबाट हाम्राे टिमलाई छलफलकाे लागि बाेलाउनु भई करिब २ घण्टा ४५ मिनेट छलफल र हामीले आफ्नाे धारणा बुझाए पश्चात पहिला तयार गरेकाे बिधेयकमा हेरफेर गरि सुरक्षाकर्मी तर्फका मृत्यु भएका,घाइते तथा अपाङ्गता भएका सुरक्षाकर्मी वा निजका परिवारका सदस्यलाई राहत तथा सहयाेगकाे लागि नितिगत सिफारिस गर्ने भन्ने उल्लेख गरि थपेकाे साथै सुरक्षाकर्मीलाई मात्र पिडक करार सम्बन्धमा केही सुधार गरेकाे भेटिएतापनि अझै धेरै कुरा थपघट गर्नु पर्ने देखिएकाे छ । आज श्रावण १ गते पुन: कानुन मन्त्रालयमा छलफलमा भाग लियाैं र माननीय मन्त्रिज्युकाे स्पष्टाेक्तिमा अझैपनि आसंका गर्ने ठाउँ समेत भेटिएकोले हामी फेरि भाेलि थप कार्यक्रम र धारणा लिएर आउनेछाै । आजपनि हामीलाई बाेलाउनुभएकोमा माननीय मन्त्रिज्युप्रति हार्दिक आभार ब्यक्त गर्दछाै ।






2022-10-14 14:56:19

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...