ठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्भभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको बताएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम गरी परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको हो ।
भारतीय पूर्वराजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिले’मा‘ रिसेटिङ इण्डिया–नेपाल टाईज’ मा नेपाल र नेपालीको स्वाभिमान माथि गम्भीर आक्रमण भएको, नेपालको अहित हुनेगरि भारतले विगतमा नेपाल विरुद्व गरेका अक्षम्य अपराधहरुको भरण पोषण गरेको समेत परिषद्को आरोप छ ।
कार्यक्रममा पुर्व डिआईजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर गरिरहेको प्रयास र नेपाली जनताको सार्वभौमसत्ता माथि सधै खेलिरहने भारतको मनसाय कायमै रहेको बताए ।
पूर्वसुरक्षाकर्मी परिषद नेपालले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्भभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको बताएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम गरी परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको हो ।
भारतीय पूर्वराजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिले’मा‘ रिसेटिङ इण्डिया–नेपाल टाईज’ मा नेपाल र नेपालीको स्वाभिमान माथि गम्भीर आक्रमण भएको, नेपालको अहित हुनेगरि भारतले विगतमा नेपाल विरुद्व गरेका अक्षम्य अपराधहरुको भरण पोषण गरेको समेत परिषद्को आरोप छ ।
कार्यक्रममा पुर्व डिआईजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर गरिरहेको प्रयास र नेपाली जनताको सार्वभौमसत्ता माथि सधै खेलिरहने भारतको मनसाय कायमै रहेको बताए ।
भारतसंग मैत्रीपूर्ण सम्बादबाट समस्याको समाधान खोजिनुपर्ने समेत उनको भनाई रहेको छ । राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्व सुरक्षा निकायमात्रै नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेला आईसकेको उनको धारणा रहेको छ । कहिले पनि कसैको गुलाम नभएको देशको राष्ट्रियता माथी कसैले सवाल उठाउँछ भने पूर्व सुरक्षाकर्मी कुनैपनि हालतमा चुप लागेर नबस्ने समेत उनको चेतावनी छ ।
थप तलको Video हेर्न क्लिक गर्नु हुन ।
१. पूर्व डिआईजी खरेल र पूर्व सहायक रथी बस्नेत || TNT TV