कोभिड १९ लगायत सम्पूर्ण विरामीहरुको जिवन रक्षाको लागि आफ्नो स्वास्थ्यको ख्याल नगरी दिनरात अग्रपंक्तिमा रहेर स्वास्थ्यसेवा र सुरक्षा प्रदान गर्दै आउनु भएका बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु माथि भएको सांघातिक हमला र कुटपिट गर्नेकार्य अति नै निन्दनीय र खेदजनक छ । यस घटनाको प्रभावकारी अनुसन्धान गरी संलग्न दोषीलाई कानूनको दायरामा ल्याउनको लागि पूर्व सुरक्षाकर्मी परिषद् नेपाल जोडदार माग गर्दछ । कोरोना महामारीमा खट्टिएका सबै पेशाकर्मीहरुलाई सुरक्षित वातावरणमा कार्य गर्न उचित व्यवस्था मिलाउनु नेपाल सरकार, सम्बन्धित निकायको प्रमुख जिम्मेवारी हो । जनताको जीवन रक्षा गर्न अहोरात्र खट्टिएका पेशाकर्मीहरुको मनोवल उच्च राख्न र पेशाप्रती सम्मानको भावना जागृत गर्ने गराउने तर्फ नेपाल सरकारबाट व्यवस्थित रुपमा कार्य नभएको, जोखिम भत्ता समयमा नदिएको, विरामीको उपचार र व्यवस्थापनमा संलग्न पेशाकर्मीलाई सुरक्षाका सामाग्रीहरु (PPE) आवश्यक मात्रामा उपलब्ध नगराएको लगायतका गुनासारहरु सुन्नमा आएको हुँदा यो महामारीको समयमा जनता प्रती आफ्नो कर्तव्य र जिम्मेवारी नभूल्न नेपाल सरकारको ध्यानाकर्षण गरान्छ ।
पूर्व सुरक्षाकर्मी परिषद् नेपाल