आर्थिक वर्ष २०७८।७९ को आय व्यय विवरणमा खानिजन्य ढुंगा, गिट्टी, बालुवा निकासीको नाममा तराई, पहाड र हिमालका ठूलाठूला खानिहरु उत्खनन् गरि गोप्य रुपमा खानि देखि निकासी बिन्दुसम्म रोपवे मार्फत कसैको विना निगरानी महत्वपूर्ण बहुमुल्य खनिजजन्य चिजहरु ढुंगा, गिट्टी, बालुवाको मूल्यमा विदेशिने देखिन्छ हुँदा निन्दनीय तथा खेदजनक छ । यो पूर्णतः राष्ट्रघात हो र राष्ट्रघाती कदम हो ।
सरकारका उपप्रधान तथा शहरी विकाशमन्त्री राजेन्द्र महतोले दिएको शार्वजनिक अभिव्यक्तिमा नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउन मुक्ति आन्दोलन चलाउने जस्ता अभिव्यक्तिको घोर भत्सर्ना गर्दछ ।
साथै राज्यले खटाएको जिम्मेवारी पुरा गर्न कर्तव्यपालनाको सिलसिलामा डिउटीमा रहेका सुरक्षाकर्मीहरुको हत्या गरि कर्तव्यज्यान मुद्दामा अदालतले दोषी करार गरेर जेल सजाय भोगिरहेका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुको मनोबल गिराउने किसिमले राजनीतिक स्वार्थका खातिर जेल मुक्त गर्ने जस्ता क्रियाकलाप जनताको कानूनी राज्यको नागरिक हक विरुद्ध समेत हुन जाने भएकोले पूर्व सुरक्षाकर्मी परिषद् नेपालको ध्यानाकर्षण ।
विभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु
1. durbartimes.com
4. nepali.himalayantribuni.com
5. Ujyalo.com
2021-06-10 18:19:29