पृष्ठभुमी

१.    स‌ंस्थाकाे पृष्ठभूमीः

सत्ययुगमा सत्यवती, द्वापरयुगमा मुक्तिसोपान, त्रेतायुगमा तपोवती र कलियुगमा नेपाल नामबाट प्रसिद्ध भूमि, भगवान शिवको देश, बेद व्यास ऋषि, शान्तिका दूत गौतम बुद्ध, सिद्ध गोरखनाथ, आदर्श नारी सीता, भृकुटीको पावन जन्मभूमि, बज्रगुरू, गुरू पद्मसंभव र जैन साधु भद्रबाहु आदि सिद्ध साधकहरूको साधना स्थल, महर्षि याज्ञवल्क्य र विदुषी गार्गीको चिन्तन थलो तथा जनक जस्ता पुण्यात्मा राजाद्वारा पालित पुण्यभूमि विश्वभर शान्तिको ज्योति छर्ने बुद्धको जन्मभूमि र देवभूमि, श्री पशुपतिनाथ विराजमान भएको र विश्व प्रख्यात सगरमाथाको देश, सनातन हिन्दु र बौद्धमार्गीहरूको महान तिर्थस्थल र विश्व प्रसिद्घ बीर गोर्खालीहरूको गौरवशाली उर्वर भूमि हो नेपाल । नेपालको एकीकरण अभियानमा सुरक्षाकर्मीहरूको अमूल्य देन रही आएको छ । पूर्वजहरूको योगदान केलाउँदा पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म नेपालको सीमाना पुगेको थियो । यसै क्रममा पूर्खाहरूले धेरै जीवन आहुती दिएका थिए । अंग्रेज सेना किनलक र बंगाल सेना गुग्रीन खाँ जस्ता हतियार र गोलीगठ्ठाबाट सुसज्जित सेनालाई पनि पराजित गरी उपनिवेश हुनबाट जोगाएको जीवन्त इतिहास रहेको छ । हामी सबैले बीर महापुरूषहरूको योगदानलाई कदर गर्दै उनीहरूको पदचिन्ह पहिलाउँदै जानु पर्ने आजको आवश्यकता रहेको छ । नेपाल आफैसंग गौरबमय इतिहास छ । इतिहास यसको सांक्षी छ । यो धर्ति हाम्रो पुर्खाको नासो हो । हाम्रो धरोहर हो । त्यसकारण यसलाई जोगाई राख्नु हाम्रो दायित्व हो । यसलाई सकिन्छ बढाउने हो नसके पनि जस्ताको तस्तै पुस्तान्तरण गर्ने हाम्रो धर्म तथा कर्तव्य हो । नेपाल एकीकरण देखि हालसम्म राष्ट्र र राष्ट्रियता जोगाउन हाम्रा पुर्वजहरूको रगत र पसिनाबाट सिन्चित यो भूमि पुर्खाको कुशल नेतृत्वबाट सुरक्षित यो देश आज राष्ट्र र राष्ट्रियता संकटमा देखिन लागेको हुँदा पुर्खा र राष्ट्रको सान(मान कायम राख्न फेरि पनि एक पटक तपाई हाम्रो कुशल नेतृत्वबाट यो पुर्खाको नाशोको सुरक्षा गर्न आवश्यक भएको महशुस गरेर यो महान अभियानमा हामी जुटेका छौं ।

२.    स‌ंस्थाकाे परिचयः

“सम्पूर्ण पूर्व सुरक्षाकर्मी एक हौ राष्ट्रको सान-मान कायम राखौ” भन्ने आदर्श वाक्यलाई आत्मसाथ गरी राष्ट्र, राष्ट्रियतालाई सर्बाेपरी मानी “अनेकतामा एकता, एकतामा राष्ट्रियता, राष्ट्र र राष्ट्रियताका लागि, पूर्व सुरक्षाकर्मीहरूको सहभागिता” भन्ने मूल नाराकासाथ राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भाषा, भेष(भूषा, रीतिरिवाज, धर्म, संस्कृतिलाई अक्षुण्ण राख्न जीवनभर शारीरिक तथा मानसिक रूपमा अदम्य साहस प्रदर्शन गरी पेशा प्रति इमान्दार रही निवृत्तभरण पश्चातः पनि निष्ठापूर्वक राष्ट्र सेवामा आफूलाई सदैव समर्पित गरी पुर्खाले आर्जन गरेको पवित्र भूमिको संरक्षण तथा सेवाका लागि नेपाल आमाको शीर सदैव उच्च राख्न आफ्नो बाँकी जीवन पनि मातृभूमिको हित र जनताको सेवामा समर्पित गरी सम्पूर्ण निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, भारतीय सेना, अन्य सुरक्षा, ब्रिटिश सेना र सिंगापुर प्रहरी लगायत अन्य सुरक्षा निकायहरू) का पूर्व सुरक्षाकर्मीहरू एकतावद्ध भई, राष्ट्र र राष्ट्रियताको सुरक्षा, सुरक्षाकर्मीहरू र उनीहरूका आश्रित परिवारहरूको हकहित, आर्थिक पारदर्शिताको लागि खबरदारी र कुशल नेतृत्वको विकास गर्ने मूख्य उद्देश्यका साथ हामी सम्पूर्ण सुरक्षा निकायका पूर्व सुरक्षाकर्मीहरू एक हुने प्रणकासाथ वि.सं.२०७५ सालबाट सुरू गरिएको अभियान, २०७५ फागुन २७ गते पूर्व सुरक्षाकर्मी फाउण्डेशन कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भई मिति २०७७ पौष ४ गते महारथी श्री रूक्माङगद कटवाल (अ.प्रा.) ज्यू बाट समुद्घाटन भएको र मिति २०७७ साल चैत्र २५ गते “पूर्व सुरक्षाकर्मी परिषद् नेपाल” जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट स्विकृति  लिई बिधिवत संचालनमा आएकाे हो ।

३.   संस्थाकाे लक्ष्यः

स्वदेश तथा विदेशका भूमिमा समेत सुरक्षा निकायमा कार्यरत रही अवकाश भएका पूर्व सुरक्षाकर्मीहरूलाई एउटै छातामुनी गोलबद्ध गराई सुरक्षाकर्मी तथा उनिहरूका आश्रित परिवारहरूको हकहित, राष्ट्र र राष्ट्रियताको सुरक्षा र समृद्धिका लागि क्रियाशील रहनु यस संस्थाको लक्ष्य रहेको छ ।

४.    संस्थाकाे मूख्य उद्देश्यहरूः

(क)    सम्पूर्ण निकायका सुरक्षाकर्मीहरू बिच एकता गर्ने ।
(ख)    राष्ट्र र राष्ट्रियताको सुरक्षामा सदैब तत्पर रहने ।
(ग)     सुरक्षाकर्मीहरू र आश्रित परिवारहरूको हक अधिकार सुनिश्चित गर्ने ।
(घ)    आर्थिक पारदर्शिताका लागि खबरदारी गर्ने ।
(ङ)     कुशल नेतृत्वको विकास गर्ने ।

५.    संस्थाको आवश्यकताः

पूर्व सुरक्षाकर्मीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा फरक हुनु, मान्दै आएका धर्म संस्कृति र संस्कारहरू गुम्दै जानु, समाजमा नैतिकता र मानवीयता गुम्दै जानु, राज्यमा भ्रष्टाचार बढ्नु, राष्ट्रको सुशासनको अवस्था खस्किदै जानु, सुरक्षाकर्मीहरूको जीवन निर्वाहको लागि अति आवश्यक सेवासुविधामा कमी रहेको कारणले पारिवारिक दैनिकी कष्टकर हुनु, संगठित बहालवाला सुरक्षा निकायहरूले आफ्ना हक अधिकारका निमित्त राज्य समक्ष बुलन्द आवाज उठाउन नपाउनु, पूर्व सुरक्षाकर्मीहरूले खोलेका संगठनहरू प्रायः दल वा राजनैतिक पार्टीहरूको ट्रेड युनियन जस्तो हुनाले राष्ट्र, राष्ट्रियता र आफ्नो संगठनको हकहितमा समेत आवाज उठाउन नसक्नु तथा राष्ट्र र राष्ट्रियता गुम्ने खतरा बढेको महशुस भएको हुँदा सम्पूर्ण निकायहरूका पूर्व सुरक्षाकर्मीहरूको एउटा स्वतन्त्र संगठनको अति आवश्यक महशुस भई यो संस्था गठन गरिएको हो ।




2019-09-30 11:10:42

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...