पूर्व सुरक्षाकर्मी परिषद् नेपालको काभ्रे जिल्ला परिषद् गठन सम्पन्न

बनेपा, पौष १०; काभ्रेपलान्चोक जिल्लामा बसोबास गर्ने, पूर्व सुरक्षाकर्मीहरूको आज बनेपामा आयोजित बृहद् भेलाले, दिपक प्रसाद तिमिल्सिनाको अध्यक्षतामा ४१ सदस्यिय जिल्ला परिषद् र ६ जनाकाे सल्लाहकार समिति गठन गरेको छ। “सयौँ थुङ्गा फूलका हामी” बोलको सुमधुर धुन पश्चात, विरगती प्राप्त समूतहरूकाे सम्मान गरी पानसमा वत्ती बालेर शुरू भएकाे यस कार्यक्रममा, नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु, जिवनको अन्तिम घडीसम्म राष्ट्र र जनताको सुरक्षाका लागि सँधै चनाखो हुनुपर्ने भन्दै, समस्त पूर्व सुरक्षाकर्मीहरुको हक हितका विषयमा सम्बन्धित निकायसँग विभिन्न समयमा पेश भएका मागपत्रको छिटो कार्यान्वयन गर्नुपर्ने कुरालाइ प्रमूखताका साथ उठाइएको थियो। मन्तव्यको क्रममा प्रमूख अतिथि प्रधान सेनापति महारथी (अ.प्रा.) रुकमाङ्गद कटवालले, राष्ट्र, राष्ट्रियता र स्वाभिमानको लागि सदा सर्वदा उचो शिर गरेर अगाडी बढ्नुपर्छ भन्नुभयो।





यसैगरी बनेपा नगरपालिकाका मेयर, लक्ष्मी नरसिंह बादे श्रेष्ठले सुरक्षाकर्मी राष्ट्रका गहना भएको उल्लेख गर्दै, राजनीतिक चक्रमा फस्न नहुने र कर्तव्यपरायणता भुल्न नहुनेतर्फ सजग गराउनुभयो। बृटिस गोरखाका ईन्जिनियर वसन्त भुजेलले, राष्ट्रको सेवा गर्ने कसम खाएर बर्दी लगाएको सपूत कहिल्यै अवकास नहुने र जिवनको अन्तिम स्वास रहुन्जेल मातृभूमिप्रति आफ्नो कर्तव्य भूल्न नहुनेतर्फ सवैलाई सजग गराउनुभयो।




परिषद्का केन्द्रिय सदस्य हेम शंकर गिरीले संचालन गर्नुभएको उक्त कार्यक्रममा, केन्द्रिय अध्यक्ष के.वि.राउतले परिषद् गठनको उदेस्य र हालसम्म सम्पन्न गरिएका कार्यहरुको वारेमा सभालाइ जानकारी गराउनु भएको थियो। दिपक प्रसाद तिमिल्सिनाको सभापतित्व र प्रधान सेनापति महारथी (अ.प्रा.) रुकमाङ्गद कटवालको प्रमूख आतित्थ्यतामा भएको उक्त समारोहमा सुरक्षा अंगका वरिष्ठ अधिकारीहरू, परिषद्का केन्द्रीय पदाधिकारिहरु, जिल्ला संयोजक तथा विभिन्न जिल्ला र नगरका संयोजकहरु समेत सहभागी हुनुभएको थियो ।









पूर्व सुरक्षाकर्मी परिषद् नेपालको काभ्रेपलान्चोक जिल्ला परिषद् मा नव गठित पदाधिकारीहरु

    अध्यक्ष — दिपक प्रसाद तिमिल्सिना
    उपाध्यक्ष — बासुदेब थापा
    उपाध्यक्ष — श्यामहरी अधिकारी
    उपाध्यक्ष — रत्न बहादुर तामाङ्ग
    सचिव — नानीराम कार्की
    सहसचिव — मधुकर के.शी.
    कोषाध्यक्ष — सावित्रा श्रेष्ठ
    सह कोषाध्यक्ष — रामकृष्ण पौडेल
    सदस्य — दिल कुमारी खत्री काफ्ले
    सदस्य — गोविन्द आचार्य
    सदस्य — राजेन्द्र अधिकारी
    सदस्य — प्रकाश पाण्डे
    सदस्य — बिनोद के.शी.
    सदस्य — भिम प्रसाद आचार्य
    सदस्य — भरत रायमाझी
    सदस्य — श्याम थापा
    सदस्य — विर बहादुर तामाङ्ग
    सदस्य — जितेन्द्र सापकोटा
    सदस्य — सन्त बहादुर पहरी
    सदस्य — रमेश के.शी.
    सदस्य — महेश्वर थापा
    सदस्य — हिरा बहादुर खड्का
    सदस्य — भिमसेन आचार्य
    सदस्य — सबिना थापा
    सदस्य — बलराम खड्का
    सदस्य — मोहन कुमार बस्नेत
    सदस्य — कुमार बस्नेत
    सदस्य — दिपक सापकोटा
    सदस्य — रामकुमार श्रेष्ठ
    सदस्य — हरिचन्द्र बजगाई
    सदस्य — उमेश पाण्डे
    सदस्य — चन्द्र बहादुर खड्का
    सदस्य — मधुकर राउत
    सदस्य — तिर्थ प्रसाद हुमागाई
    सदस्य — केशव प्रसाद हुमागाई
    सदस्य — श्याम कुमार दनुवार
    सदस्य — गोपाल बहादुर राई दनुवार
    सदस्य — नवराज बस्नेत
    सदस्य — सिताराम भारती
    सदस्य — भिमप्रसाद सापकोटा

सल्लाहकार परिषद्

    मोहन प्रतापसिंह कार्की
    दिर्ध प्रतापसिंह कार्की
    राजाराम मिश्र
    अप्सरा ढुंगाना
    सचितानन्द के.शी.
    भैरव प्रसाद बन्जरा

जिल्ला परिषद् मा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाइ एवम शुभकामना छ।​

2021-12-30 21:54:34

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...